राजनीति

सिंहदरबार अन्यत्रै सार्न सरकारलाई बालेनको चुनौती

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह संघीय सरकारविरुद्ध पुनः आक्रोशित भएका छन् ।

सरकारले महानगरसँग समन्वय नगरेको भन्दै मेयर बालेनले सामाजिक सञ्जालमार्फत संघीय सरकारविरुद्ध आक्रोश पोखेका हुन् । उनले काठमाडौंवासीको हितमा काम नगर्ने सिंहदरबार अरु पालिकामा सार्न समेत चुनौती दिएका छन् ।

बिज्ञापन

‘कि काठमाडौंको हितमा काम गर्नुहोस, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस,’ उनले चुनौती दिँदै भनेका छन्, ‘हामी काठमाडौंबासीलाई कुनै आपत्ती छैन, चाहे सिंहदरबार सार्नुस कि राजधानी सार्नुस ।’

मेयर बालेनले काठमाडौंवासीलाई कला, संस्कृति, सम्पदा र सभ्यता चाहिएको तर राजनीति नचाहिएको समेत भनेका छन् ।

बालेनले यसअघि १४ वटा कारण देखाउँदै संघीय सरकार अन्तर्गतका सिंहदरबार, बालुवाटार र शीतल निवासको फोहोर नउठाउने घोषणा गरेका थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।