बालुवाटारमा गोली चल्यो, वर्षमान पुनकी आमा घाइते
लोक कल्याणकारी विज्ञापन

२ वैशाख, काठमाडौं । माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको घरमा गोली चलेको छ ।
भीआईपी सुरक्षामा खटिएका एक सदस्यले शुक्रबार राति साढे ९ बजे गोली चलाएको प्रहरी स्रोतले अनलाइनखबरलाई बतायो ।
बिज्ञापन

उपत्यका प्रहरी कार्यालयका एक उच्च अधिकृतका अनुसार गोली लागेर नेता पुनकी आमा घाइते भएकी छन् । उनको खुट्टामा गोली लागेको छ ।
गोली चलाउने प्रहरीलाई राति १ बजे नियन्त्रणमा लिइएको छ । उनलाई प्रहरी प्रधान कार्यालयमा लगेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
