राष्ट्रिय समाचार

मिटरब्याजी पीडितको टाउकोमा प्रहरीको लाठी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । काठमाडौंमा मिटरब्याज पीडित र प्रहरीबीच सोमबार झडप भएको छ । प्रहरीले मिटरब्याज पीडितलाई लखेट्न पानीको फोहोरा र लाठी हानेको छ ।

झडपमा परी केही मिटरब्याज पीडित घाइते भएका छन् भने केहीलाई प्रहरीले पक्राउ समेत गरेको छ । शान्तिवाटिकामा आन्दोलन गरिरहेका मिटरब्याज पीडितले सोमबार सिंहदरबार वरपर प्रदर्शन गर्ने तयारी गरेका थिए ।

बिज्ञापन

प्रहरी पनि विहानैदेखि शान्तिवाटिकाको गेटमा तैनाथ थिए । दिउँसो मिटरब्याज पीडित ब्यानरसहित प्रदर्शनमा निस्कने क्रममा प्रहरीले मिटरब्याज पीडितमाथी लाठी र पानीको फोहोरा हानेको हो ।

त्यस क्रममा प्रहरीको लाठी लागेर ४/५ जना मिटरब्याज पीडित घाइते भएका छन् भने केहीलाई प्रहरीले पक्राउ गरेको प्रत्यक्षदर्शीको भनाई छ । घाइतेहरुको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

सरकारले मिटरब्याज पीडितको एक समूहसँग १८ चैतमा पाँच बुँदे सहमति गरेको थियो । तर उक्त सहमतिले मिटरब्याज पीडितको तत्कालको समस्या समाधान नहुने भन्दै मिटरब्याज पीडितको अर्को समूह काठमाडौंमा आन्दोलनमा गरिरहेका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।