बारा क्षेत्र २ मा पाँच दलीय गठबन्धनको चुनावी सभा हुने

काठमाडौं, वैशाख ४ गते । पाँच दलीय गठबन्धनले बारा निर्वाचन क्षेत्र २ अन्तर्गतको महागढीमाईस्थित बरियारपुरमा चुनावी सभा गर्ने भएको छ । गठबन्धनको तर्फबाट जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार रहेको उक्त क्षेत्रमा वैशाख ७ गते सभा गर्न लागिएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताउनुभयो ।
चुनावी सभामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरलगायत गठबन्धन दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सभा बिहान ११ बजे सुरु हुने जसपाले जनाएको छ ।

डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
