अस्पतालमा आगो लाग्दा २९ जनाको मृत्यु
लोक कल्याणकारी विज्ञापन

एजेन्सी । बेइजिङस्थित एक अस्पतालमा आगालागी हुँदा २९ जनाको मृत्यु भएको छ । बेइजिङको चाङफेङ अस्पतालमा मङ्गलबार भएको आगलागीमा परी २९ जनाले ज्यान गुमाएका हुन् ।
उक्त घटनालाई लिएर अस्पताल व्यवस्थापनका निर्देशकसहित १२ जनालाई नियन्त्रणमा लिइएको बेइजिङको सार्वजनिक सुरक्षा ब्यूरोका सुन हाइताओले बताए ।
बिज्ञापन

आन्तरिक मर्मतसम्भार र निर्माणको क्रममा अस्पतालमा मङ्गलबार आगो सल्केको अनुमान गरिएको छ । मर्मतसम्भारको ठेक्का पाएको कम्पनीका प्रतिनिधिलाई पनि पक्राउ गरिएको छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
