राजनीति

पूर्व लडाकुलाई पैसा बाँड्ने कार्य स्वीकार्य हुँदैन रोकौं : शेखर कोइराला

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँड्ने कार्य स्वीकार्य नहुने बताएका छन् । उनले माओवादी नेतृत्वको सरकारको यस्तो कार्यको विरोध गरेर रोक्न अपील गरेका हुन् ।

लोक कल्याणकारी विज्ञापन

उनले सरकारी कर्मचारीहरुको तलब र पूर्व शिक्षकहरुको पेन्सन दिन समेत नसक्ने अवस्थाको सरकारले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँड्ने कार्य स्वीकार्य नहुने भन्दै विरोध गरेका छन् ।

लोक कल्याणकारी विज्ञापन

उनले द्वन्दकालीन समस्या समाधानमा आनाकानी गर्दै लम्व्याएको आरोप लगाएका छन् ।

बिज्ञापन

उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘ बिगतमा क्यान्टोन्मेन्टमा भएका लडाकुका लागि लिएको पैसाको हिसाव किताव वुझाउन नसक्नु, द्वन्दकालीन समस्या समाधानमा आनाकानी गर्दै लम्व्याउनु तथा ढुकुटीमा पैसा नभएका कारण सरकारी कर्मचारीहरुको तलव र पूर्व शिक्षकहरुको पेन्सन दिन समेत नसक्ने अवस्थाको सरकारले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँढ्ने कार्य स्वीकार्य हुनै सक्दैन । माओवादी नेतृत्वको सरकारको यस्तो कार्यको विरोध गरौं, रोकौं र भविष्यका लागि सचेत बनौं ।
उनीहरुलाई पैसा होईन रोजगारी दिउँ ।’

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन