राष्ट्रिय समाचार

विदेशमा पढ्न १२ पास अनिवार्य 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । सरकारले विदेशमा पढ्न जानका लागि कक्षा १२ पास अनिवार्य गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हालै जारी गरेको वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका–२०७९ मा १२ पास नगरी विदेश अध्ययनका लागि अनुमति नदिने व्यवस्था गरेको हो ।

विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीले लिनुपर्ने पूर्वस्वीकृति पत्र (नो अब्जेक्सन लेटर) सम्बन्धी उक्त निर्देशिका फागुन १८ मा स्वीकृत भएर चैत १८ देखि कार्यान्वयनमा आइसकेको छ ।

बिज्ञापन

निर्देशिकाले विद्यालय तह अध्ययनका लागि विद्यार्थीलाई विदेश जान रोक लगाएको छ । तर, रोजगारीका सिलसिलामा अभिभावक विदेशमा भए निजका सन्तान विदेशका शैक्षिक संस्थामा पढ्न जानका लागि अनुमति दिन सकिने व्यवस्था निर्देशिकामा छ । यसरी स्वीकृति दिँदा वैदेशिक मुद्रा सटही सुविधा भने प्रदान नगरिने निर्देशिकामा उल्लेख छ ।

विदेशी विश्वविद्यालयले तोकेको भाषा कोर्स, पूर्वयोग्यता कार्यक्रम (प्रिरिक्यूजिट) कोर्स वा सेतु कार्यक्रम (ब्रीज कोर्स), मेडिकल साइन्सेस (एक्जामिनेसन कोर्स एमएलई) वा शैक्षिक संस्थाले तोकिदिएको प्रवेश परीक्षा, अन्य शैक्षिक कार्यक्रम अध्ययन गर्नुपर्ने भएमा सोको व्यवहोरा खुलाई स्वीकृतिका लागि विद्यार्थीले अनलाइनबाटै आवेदन दिन सक्ने व्यवस्था निर्देशिकाले गरेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।