राजनीति

रास्वपा बैठक : सरकारको समर्थन फिर्ताबारे छलफल हुने, आज निर्णय नहुने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक आज बस्दैछ । बिहान ११ बजे केन्द्रीय समिति र दिउँसो ३ बजे संसदीय दलको बैठक राखिएको हो ।

आजको बैठकले नयाँ संसदीय दलको नेता चयन गर्ने र पार्टीका विभागहरू गठन गर्ने प्रवक्ता डा‍ मुकुल ढकालले जानकारी दिए ।

बिज्ञापन

उपनिर्वाचनको समीक्षा र सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल पनि हुने उनले बताए ।

रास्वपा संसदीय दलको नेताबाट डोलप्रसाद अर्यालले राजीनामा दिएका थिए । आजको बैठकले सभापति रवि लामिछानेलाई नै संसदीय दलको नेता चयन गर्ने सम्भावना छ ।

सरकारलाई दिएको समर्थन फिर्ताबारे भने आजै निर्णय नहुने स्रोतले बतायो । केन्द्रीय समिति बैठकका लागि महामन्त्रीले विषय प्रस्तुत गर्दा समर्थन फिर्ताको विषयलाई निर्णयार्थ प्रस्तुत गरेका छैनन् । यद्यपि यसलाई छलफलको विषयका रूपमा राखिएको छ ।

स्रोतका अनुसार सभापति रवि लामिछाने समर्थन फिर्ता लिन २-३ दिन पर्खिने रणनीतिमा छन् । प्रचण्ड सरकारसँग नेगोसियसनको झिनो सम्भावनालाई कायम राख्ने उनको मनस्थिति छ । यद्यपि तत्काल समर्थन फिर्ता लिनुपर्ने पक्षमा पार्टीका केही नेताहरू छन् ।

हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लामिछानेसँग भेटेर रास्वपालाई सरकारमा आउन प्रस्ताव गरेका थिए । तर लामिछानेले सकारात्मक जवाफ दिएनन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।