एमाले सांसद कोइरी निलम्बित

काठमाडौं । हत्या अभियोग लागेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बित भएका छन् ।
सभामुख देवराज घिमिरेले सांसद कोइरीलाई प्रतिनिधिसभा सदस्यबाट निलम्बन गरेको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए । उनका अनुसार निलम्बनसम्बन्धीको सूचना केहीबरेमा टाँस हुँदैछ ।

नेपाल प्रहरीले कोइरीमाथि हत्या अभियोगमा मुद्दा चलिरहेको र उनी फरार रहेको साथै खोजी कार्य जारी रहेको पत्राचार गरेपछि सभामुखले प्रतिनिधि सभा नियमावलीको नियम २४८ को उपनियम ३ बमोजिम उनलाई निलम्बन गरेका हुन् ।
महोत्तरी १ बाट निर्वाचित सांसद कोइरी फरार सूचीमा थिए । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सिफारिस भएपछि सदनमा कांग्रेस, माओवादी, रास्वपालगायतका दलका सांसदले आलोचना गरेका थिए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
