भारतबाट ग्यासको मूल्य घटेर आयो

काठमाडौं । भारतबाट ग्यासको मूल्य प्रति सिलिन्डर ३०९ रुपैयाँले घटेर आएको छ । इन्डियन आयल कर्पोरेसनले हरेक महिना नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाउँछ ।
यसपटक आएको सूचीमा एलपी ग्यासमा प्रति सिलिन्डर ३०९ रुपैयाँले मूल्य घटेर आएको निगमले जनाएको छ । निगमका अनुसार यसअघि ग्यासमा प्रतिसिलिन्डर ५६० रुपैयाँ घाटा थियो । तर, यो पटक ३०९ रुपैयाँ घटेर आएसँगै घाटा केही कम भएको छ ।

आयल निगमलाई प्रतिसिलिन्डर अझै करिब २५० रुपैयाँ घाटा रहेको अधिकारीहरु बताउँछन्। ग्यासमा भइरहेको घाटा कम हुँदै गएको निगमले जनाएको छ ।
यसैगरी, हवाई इन्धनमा २ रुपैयाँ ९५ पैसा मूल्य घटेर आएको छ। साथै, पेट्रोलमा पनि ४।३७ रुपैयाँ र डिजलमा ४।१६ रुपैयाँले मूल्य घटेर आएको छ। यो पटक निगम डेढ अर्बभन्दा धेरै नाफामा जाने देखिएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
