राजनीति

ओलीकै पालामा नक्कली शरणार्थी बनाएर पैसा असुल्ने काम भयो : पर्यटनमन्त्री

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

रुपन्देही । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शरणार्थी र आर्थिक संकट ओली नेतृत्व सरकारको उपहार रहेको टिप्पणी गरेका छन्। बुद्ध जयन्तीको तयारीका लागि बिहीबार लुम्बिनी आएका मन्त्री किरातीले तत्कालीन केपी शर्मा ओलीको नेतृत्वका राज्यकोषको दोहन भएको बताए ।

लुम्बिनीमा बिहीबार आयोजित कार्यक्रममा उनले भने, ‘ओली सरकारका पालामा जनताको आवश्यकता र समृद्वि लक्षित कार्यक्रमभन्दा राज्यकोषको दोहन, भ्रष्टाचार र अनियमिततालाई प्रोत्साहित गरियो ।’

बिज्ञापन

ओली सरकारले पहाडहरू भत्काएर टावर ठड्याएको बताउँदै उनले भने, ‘दुर्गममा जनता सिटामोल खाना पाउँदैनन् ओली सरकारले पहाडहरू भत्काएर भुरे टाकुरे टावर ठडाएर कार्यकर्तालाई भ्रष्टाचार गर्न मात्रै प्रेरित गरेनन्, प्राकृतिक स्रोत र रैथाने संस्कृतिसमेत ध्वस्त पारे ।’

साथै, मन्त्री किरातीले ओली नेतृत्वको सरकार हुँदा जहाँबाट कमिसन आउँछ त्यहाँ मात्र बजेट छुट्याएको पनि आरोप लगाए । ‘कमिसन जहाँ आउँछ त्यही अन्धाधुन्ध बजेट छुट्याएको उपज यो आर्थिक संकट हो’ उनले भने, ‘त्यति मात्रै हैन, ओलीकै पालामा नक्कली शरणार्थी बनाएर पैसा असुल्ने काम भयो । अहिले त्यो पुष्टि हुँदै जाँदैछ ।’

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।