दार्चुलामा रोकिएको ट्याक्टर भीरमा खस्यो
लोक कल्याणकारी विज्ञापन

दार्चुला । दार्चुलामा सडकमा रोकेर राखिएको ट्याक्टर भीरमा खसेको छ ।
जिल्लाको दुहु गाउँपालिका–३ राता खलंगाबाट वालुवा लिएर दल्लुतर्फ गइरहेको सु.प.प्र. ०१००२ त ४९४२ नम्बरको ट्याक्टर आइतबार दिउँसो भीरमा खसेको प्रहरीले जनाएको छ ।
बिज्ञापन

चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ का २८ वर्षीय राजकुमार राना ट्याक्टरलाई सडकमा रोकेर पिसाब फेर्न गएका बेला सो ट्याक्टर आफै गुडेर करीब एक सय मिटर तल भीरमा खसेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
ट्याक्टरमा चालक बाहेक अरु नभएका कारण मानवीय क्षति नभएको प्रहरीले बताएको छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
