राजनीति

सुदूरपश्चिममा माओवादीले टुंग्यायो मन्त्री, आजै शपथको तयारी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली । सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रले मन्त्रीको नाम टुंगो लगाएको छ ।

सामाजिक विकास र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा झपट साउद र रमेश धामीको नाम टुंगिएको माओवादी संसदीय दलका नेता खगराज भट्टले  बताए । उनका अनुसार गीता माललाई राज्यमन्त्री तयारी भइरहेको छ ।

बिज्ञापन

धामी र साउदबीच समन्वय गरेर सामाजिक र पर्यटन मन्त्रालयमा पठाइने उनले जानकारी दिए । शपथ ग्रहण आजै गर्ने तयारी भइरहेको भट्टको भनाइ छ ।

माओवादी केन्द्रका अध्यक्ष एवं पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको परामर्शपछि प्रदेशमा नाम टुंगो लगाइएको माओवादी स्रोतले बतायो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।