राष्ट्रिय समाचार

एमालेको अवरोधपछि संसद बैठक स्थगित

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेकपा एमालेका सांसदहरुले एमालेले अवरोध गरेपछि प्रतिनिधि सभा बैठक २० मिनेटका लागि स्थगित भएको छ ।

लोक कल्याणकारी विज्ञापन

एमालेका सांसदहरुले अध्यक्ष केपी शर्मा ओलीको नाम भ्रष्टाचारमा जेडिएको भन्दै प्रमाणित गर्न माग गर्दै राेष्टम घेराउ गरेपछि सभामुख देवराज घिमिरेले २० मिनेटका लागि प्रतिनिधि सभा बैठक स्थिगित गरेका हुन् ।

लोक कल्याणकारी विज्ञापन

आज (शुक्रबार) बसेको प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै एमाले सांसदहरु उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले एमाले प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिए । त्यसपछि गिरीले सत्तारुढ दलकै सांसदबाट पशुपतिनाम मन्दिरमा राखेको सुनको जलहरीमा भएको अनियमिततामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको संलग्नता रहेको आरोप लगाएको भन्दै सरकारको जवाफ नआएसम्म सदन चल्न नसक्ने चेतावनी दिए ।

बिज्ञापन

उनले सुनको जलहरीमा पित्तल राखेको भनेर सत्तारुढ दलकै सांसदबाट अभिव्यक्तिप्रति सरकारको जवाफ र उक्त सांसदले माफी माग्नुपर्ने बताए ।

नेकपा माओवादीका सांसद राजन दाहालले पशुपतिनाथ मन्दिरमा सुन भनेर ओलीले पित्तलको जलरी हालेको आरोप लागाएको थियो ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन