कैलाली कारागारमा कुटाकुट

धनगढी । कैलालीमा कैदीबन्दी र कर्मचारीबीच कुटाकुट भएको छ । जिल्ला कारागारमा जेठ २२ गतेका दिन कैदीबन्दीहरूसहित कारागारका कर्मचारीबीच कुटाकुट भएको हो ।
कारागार स्रोतका अनुसार लम्कीका भुपेन्द्र बडुवालको हत्या प्रकरणमा कैद भुक्तान गरिरहेका ’किलर ग्याङ’सहितका कैदीहरू र चौकीदारहरूबीच कुटाकुट भएको हो ।

कुटाकुटमा परि कारागारका आउटडोर चौकीदार सन्तोषकुमार शाही र खगेन्द्र बम लगायतका केही कैदीहरू पनि घाइते भएका थिए ।
उक्त घटनापछि हिजोमात्रै १६ जना कैदी र केही कर्मचारीलाई जेलबाट हटाइएको छ । उनीहरूलाई भैरहवा, नेपालगन्ज र नवलपरासी लगायतका जिल्लाका कारागारमा सारिएको हो । तर भुपेन्द्र हत्याकाण्डका अभियुक्तहरू भने कैलाली कारागारमै छन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
