नेपालमा भित्रियो मनसुन

काठमाडौं । नेपालमा मनुसन प्रवेश गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अत्याधिक गर्मीका कारण तराई र पहाडी क्षेत्र प्रभावित हुँदा मनसुन भित्रिएसँगै अब केही राहत मिल्ने अनुमान गरिएको छ । यस वर्ष मनसुन भित्रिन केही ढिला हुने बताइए पनि एक दिन ढिला गरि मनसुन भित्रिएको महाशाखाले जनाएको छ । नेपालमा सरदर जुन १३ मा मनसुन भित्रिने गर्छ ।

कोशी प्रदेश, मधेश प्रदेशको पूर्वी क्षेत्र, वाग्मती प्रदेशको अधिकांश भूभाग र गण्डकी प्रदेशका पूर्वी क्षेत्रमा मनसुन प्रणाली प्रवेश गरेको महाशाखाले विशेष मौसम बुलेटिनमार्फत जानकारी दिएको हो ।
नेपालका अन्य भूभागहरुमा केहीदिनमा क्रमिक रुपमा मनसुन अगाडि बढ्ने महाशाखाले जनाएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
