विकास

आन्तरिक उडान ६ महिनापछि सुरु भयो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad


असोज , ५
लकडाउनका कारण बन्द भएका आन्तरिक हवाई सेवा सोमबारदेखि संचालनमा आएको छ । नेपाल सरकारको भदौ २९ को मन्त्रीपरिषदको निर्णया अनुसार झैन्डै ६ महिनापछि आन्तरिक उडान सेवा संचालन भएको हो ।


काठमाडौंबाट उडेको बुद्ध एयरको यु ४६०३ जहाज पहिलोपटक सोमबार बिहान पौने ९ बजे पोखरा विमानस्थलमा अवतरण गरेको थियोे ।५ जना बालबालिकासहित ५६ जना यात्रु लिएर जहाज आएको थियो ।यो कुल सिटको ८० प्रतिशत हो ।

बिज्ञापन

जहाजमा वायुसेवा संचालक संघका पदाधिकारी पनि पोखरा आएका थिए ।उक्त जहाजले पोखरबाट ५७ यात्रु बोकेर काठमाडौं गएको थियो ।


संघका अध्यक्ष रामेश्वर थापाले कोरोना संक्रमणलाई विषेश ध्यान दिई सुरक्षाका आवश्यक सबै उपाय अपनाएर सोमबारदेखि उडान थालिएको बताए । पोखरामा आएको पहिलो उडानका यात्रीले सुरक्षादेखी आवश्यक धैर्यता बटुलेको उनको भनाई थियो ।


त्रिभुवन अन्तर्राष्ट्रिय विमान्स्थलको आन्तरिक टर्मिनमा पनि स्वास्थ्य सावधानी चेकिङको व्यवस्था मिलाएको छ।


वायुसेवा कम्पनीहरुले नियमित सेवा संचालन भएको समयमा पाएको उडान अनुमतिको आधारमा २५ प्रतिशतमात्रै उडान तालिका बनाएर सेवा दिनुपर्ने व्यवस्था गरिएको पनि प्रमुख केसीले जानकारी दिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply