घटनाप्रवास

प्रवासी नेपाली संघ भारतले गुमायो अभिभावक

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

प्रवास सम्बादाता
असोज १०
नेपाल कम्युनिस्ट पार्टी नेकपाको जनवर्गीय संगठन प्रवासी नेपाली संघ भारतले एक असल अभिभावक गुमाएको छ।
संघका केन्द्रिय सल्लाहकार तथा महाराष्ट्रगुजरात सयुक्त राज्य समितीका संस्थापक वसन्त राज अधिकारीको सनिवार निधन भएपछि संघले एउटा असल अभिभावक गुमाएको महसुस भएको संघका महासचिव डम्बर रावलले बताए ।

भायन्दर स्थित एक कार्यक्रम सम्बोधन गर्दै गर्दाको स्व:वसन्तराज अधिकारी

अधिकारी केहि दिन यता अस्पतालमा भर्ना रहेको र उपचारका क्रममा भारत महाराष्ट्रको ठाना जिल्ला स्थित एक अस्पतालमा सनिवार निधन भएको बताए

बिज्ञापन

अधिकारी १९६६ देखी सक्रिय हिसाबले भारत प्रवासका प्रवासी नेपाली हरुलाइ गल्ली गल्ली पुगि संगठित गराउने गर्नु भएको थियो ।
अधिकारीको निधन पछि प्रवासी नेपाली संघ भारतका नेता बिष्णु गिरि, प्रेम खड्का लगायत थुप्रै नेता कार्यकर्ताले सामाजिक संजालमा पोस्ट गर्दै आफुहरुले कुशल लर्मठ अभिभावक गुमाएको महसुस भएको भन्दै श्रद्धाञ्जली अर्पण गरेका छन।

ज्युको अत्यन्तै मर्माहत खबर । मेरो प्यारो मित्र तपाई हामी बीच बाट सधैकोलागी बिदा लिनु भएको दुखद खबर सुन्दा विश्वास गर्न सकी रहेको छैन । तर बाध्य छु । हार्दिक श्रध्दा सुमन अर्पण गर्दै भावपूर्ण श्रध्दांजली व्यक्त गर्न चाहन्छु । सोखसन्तप्त परिवारमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दछु ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply