राजनीति

नेकपाले बोलायो शनिबार सचिवालय बैठक

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad


असोज ,१६
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच शुक्रबार बिहान भएको छलफलपछि सचिवालय बैठक बोलाउने निर्णय भएको सचिवालयले जानकारी दिएको छ ।


उनका अनुसार सचिवालय बैठक शनिबार ४ बजे प्रधानमन्त्री निवास बालुवाटार बस्ने दाहालको सचिवालयले जानकारी बताए ।

बिज्ञापन


प्रधानमन्त्री बिहीबार अमेरिकाका लागि राजदुतमा आपना आर्थिक सल्लाहकार तथा पुर्वअर्थमन्त्री युवराज खतिवडालाई सिफारिस गरेका थिए ।

त्यस्तै बिहीबारको । मन्त्रीपरिषद बैठकले मुख्यासचिवबाट लोकदर्शन रेग्मीको राजीनामा स्वीकार गर्दै उनलाई बेलायतको राजदुतमा सिफारिस गर्ने निर्णय लिएको थियो। निर्मल विश्वकर्मालाई भने दक्षिण अफ्रिकाको राजदुतमा सिफारिस गरेको थियो ।


प्रधानमन्त्री केपी शर्मा ओलीले राजदुतलगायतका नियुक्तिबारे पार्टीमा सल्लाह नगरी निर्णय लिएको भन्दै नेकपा शीर्ष नेताहरुबीच फेरि विवाद सिर्जना हुने अवस्था आएको बेला सचिवालय बैठक बस्न लागेको हो।


पछिल्लो पटकको विवाद स्थायी कमिटीले हल गरेको थियो ।जसमा सरकार ओलीले र पार्टी दाहालले एकअर्काको सल्लाहमा संचालन गर्ने भनिएको थियो ।


यस्तै प्रमुख राजनीतिक नियुक्त पार्टीको सल्लाह लिएर मात्रा गर्ने भनिएकोमा ओलीले उंल्लघन गरेको भन्दै नेकपा शीर्ष नेताहरूले विरोध जनाइरहेका छन ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply