अनौठोराजनीति

के पी ओलीको रक्षाका निम्ति हजारौं के पी तयार छौ: नेता महेश बस्नेत

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ: नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध षडयन्त्र गरेको बताउँदै त्यसको प्रतिवादका गर्न हजारौं नेता कार्यकर्ता तथा शुभचिन्तक आफ्नो ज्यान दिन तयार रहेको बताएका छन

सामाजिक सञ्जालमा फेसबुकमा स्टेटस लेख्दै बस्नेत भन्नु हुन्छ कांग्रेसका प्रदेश सभा सदस्य नरोत्तम वैद्यले ‘नाथुराम गोडसे बन्न तयार छु’ भन्दै दिएको अभिव्यक्ति पछि त्यसको कडा प्रतिवाद गर्दै सरकारले वैद्यलाई तुरुन्त पक्रेर कारबाही गर्न अनुरोध समेत गरेका छन् ।

बिज्ञापन

‘नेपाली कांग्रेसले भारतका राष्ट्रपीता महात्मा गान्धीलाई जस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने षडयन्त्र बनाएको हो त ?’ भन्दै बस्नेतले त्यसको प्रतिवादका साथै केपी ओलीको लागि मर्न र मार्न हजारौं समर्थक र शुभचिन्तक तयार रहेको बताएका छन् ।

उनले अगाडि भनेका छन्, ‘के पी ओलीलाई मार्ने योजना बनाईरहदा याद गर उहाँको लागि मर्न र मार्न तयार भएका हजारौ समर्थक र शुभचिन्तक आफ्नो ज्यान दिन तयार छन् ।’

बस्नेतले प्रदेश सभामै यस्तो अभिव्यक्ति दिने उपर जनताले सडकमै प्रतिरोध गर्न पनि सक्ने बताउँदै अप्रिय घटना हुनुभन्दा अगाडि नै सरकार सचेत हुनुपर्ने बताएका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply