रेडियो नेपालमा रेशम चौधरी

धनगढी । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले रेडियो नेपालमा पुगेर गित प्रस्तुत गरका छन् ।
विदेशमा रोजगारमा रहेका युवालाई लक्षित उनले रेडियोमा गित प्रस्तुत गरेका हुन् ।

उनको गीति बोल थियो पुग्ने मन थिएन विदेशमा बस्नलाई हो ।
जेलमुक्त भएपछि राजनीतिक कार्यक्रममा सक्रिय रहेका रेशमले रेडियो नेपालमा पुगेर पुराना साथीहरुसँग भेट गर्दै रेडियोको अवलोकन समेत गरे । यही क्रममा उनले आफ्ना पुराना दिनको सम्झना गरे ।
कला साहित्य र गीत संगीतमा पारङ्गत रेशमले रेडियो नेपालको स्टुडियोमा गीत गाएर आफुले विगतमा रेडियो नेपालमा काम गर्दाको क्षण स्मरण गरे । पछिल्लो समय रेशमको ‘कस्तो होला भाटू राजाको दरबार’ बोलको गीत सामाजिक सञ्जालमा चर्चित बनेको थियो । उनका थुप्रै रचनाहरु युट्युबमा समेत हेर्न सकिन्छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
