राष्ट्रिय समाचार

टोपबहादुर र बालकृष्णसहित सबै १६ जनालाई लगियो सुन्धारा कारागार

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

१ असार, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परी थुनामा पठाउन आदेश भएका भीआईपीसहित सबै १६ जनालाई केन्द्रीय कारागार सुन्धारा लगिएको छ ।

यसअघिका मुद्दामा भीआईपीहरुलाई डिल्ली बजार कारागारमा राखिने गरे पनि यो प्रकरणका सबै १६ जनालाई सुन्धारा कारागारमा राख्न आदेश भएको थियो । अदालतको आदेश अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सबैलाई भ्यानमा राखेर सुन्धारामा चलान गर्न लगेको हो ।

बिज्ञापन

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले यो प्रकरणमा लक्ष्मी महर्जन र टंक गुरुङबाहेक अरु सबैलाई थुनामा पठाउने आदेश दिएको थियो । अदालतले नेकपा एमालेका नेता एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहित १६ जनालाई जेल चलान गर्न आदेश दिएको हो ।

त्यसैगरी तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज कमिटीका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी र टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पनि सुन्धारा जेलमा चलान हुने भएका छन् । बिचौलियका रुपमा चिनिएका केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, गोविन्द चौधरी र रामशरण केसी पनि सुन्धारा कारागारमा थुनामा बस्ने भएका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।