खेलकुद

साफ च्याम्पियनसिपमा नेपाल कुवेतसँग पराजित

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । सपा च्याम्पियनसिपको पहिलो खेलमा नेपाल कुवेतसँग पराजित भएको छ । भारतको बेंगलोरस्थित कन्तिरभा रंगशालामा नेपाल कुवेतसँग ३–१ ले पराजित भएको हो ।

पहिलो हाफमै २–० को अग्रता लिएको कुवेतले दोस्रो हाफमा पनि गोल थपेको थियो । अन्जन विष्टले नेपालका लागि गोल फर्काएपनि नेपालले त्यसपछि गोल गर्न नसक्दा नतिजा बदल्न भने सकेन । कुवेतका लागि मोहमद अब्दुल्लाहले २ तथा खालेद हजियाले १ गोल गरे ।

बिज्ञापन

२३औं मिनेटमा कुवेतले कप्तान खालेद हजियाको गोलमा अग्रता लिएको थियो । ४१औं मिनेटमा कुवेतले अग्रता दोब्बर पार्यो । कुवेतका लागि अल्खाल्दी गोल गरेका थिए ।

६५ औं मिनेटमा कुवेतले अर्को गोल थप्यो । हमाद अल कलाफको क्रस अनन्तको हातमा लाग्दा रेफ्रीले पेनाल्टीको निर्णय दिएका थिए । मोहमद अब्दुल्लाहले उक्त पेनाल्टीलाई गोलमा परिणत गर्दै कुवेतलाई ३–० को अग्रता दिलाए ।

तर त्यसको दुई मिनेट नबित्दै नेपालले एक गोल फर्कायो । अनन्तको लामो पास अन्जनले गोल गरेका थिए । त्यसपछि नेपालले पाएको अवसर सदुपयोग गर्न नसक्दा पहिलो खेलमा नै हार बेहोर्न पुग्यो ।

समूह ए कै दोस्रो खेलमा आझ साँझ भारत र पाकिस्तान खेल्नेछन् । खेल ७स्४५ बजे सुरु हुनेछ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।