हवाई भाडा घट्यो, यस्तो छ नयाँ दर (सूची)

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा घटाएको छ । घटेको भाडादर भोलिदेखि लागू हुने भएको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा घटेको हो ।
आजैबाट लागू हुने गरी आन्तरिकतर्फ १४ रूपैयाँले हवाई इन्धनको मूल्य घटेको थियो । न्यूनतम ६० रूपैयाँदेखि अधिकतम ७५० रूपैयाँसम्मले हवाई भाडा घटेको क्यानले जनाएको छ ।

विराटनगर नेपालगञ्जजको भाडा ७५० रुपैयाँले घटेको हो । योसँगै यसतर्फको रुटमा ७ हजार ३ सय ५ रुपैयाँ भाडादर कायम गरिएको छ । काठमाडौ-धनगढी ६१५ रूपैयाँले घटेको छ । पोखरा-भद्रपुरको भाडा ५७० रूपैयाँले घटेको छ । विराटनगर-भैरहवा ५५० रूपैयाँ घटेको छ ।

डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.