नाबालिगलाई क्लबभित्र प्रवेश गराएको भन्दै एलओडीका साहुविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं। काठमाडाैंकाे ठमेलस्थित चर्चित नाइट क्लब एलओडीका साहुविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। ललितपुर जिल्ला अदालतले एलओडीका साहुहरु रुदिलबल्लव श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।
ललितपुर प्रहरी परिसर स्रोतअनुसार केही दिनअघि उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको हो। ‘कम्पनी रजिष्स्ट्रार कार्यालयमा रहेको कम्पनीको प्रबन्ध पत्रमा रुदिलवल्लव श्रेष्ठ र राजुसिंह सुवाल मात्र सञ्चालक देखिन्छ। त्यसैले उनीहरुविरुद्ध पक्राउ पुर्जी लिइएको हो’ ललितपुर प्रहरी परिसर स्रोतले भन्यो।

प्रहरीले उनीहरुको खोजी गरिरहेको छ। एलओडीमा छिरेकी १६ वर्षीया बालिका गत जेठ ३१ गते सानेपामा बलात्कृत भएको पाइएपछि प्रहरीले एलओडीका सञ्चालकलाई पनि कारबाहीको दायरामा ल्याएको हो।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
