राष्ट्रिय समाचार

रिक्त ७ राजदूत नियुक्ति प्रक्रिया छिट्टै टुंगिन्छ : मन्त्री साउद

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले राजदूत नियुक्ति प्रक्रिया छिट्टै टुंगिने बताएका छन् ।

बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै मन्त्री साउदले हाल स्थायी नियोग, न्युयोर्क तथा जेनेभा, क्यानडा, फ्रान्स, थाइल्याण्ड, युएई र कुवेत गरी ७ स्थानमा राजदूत रिक्त रहेको बताए । राजदूत नियुक्तिको सम्बन्धमा उच्च तहमा छलफल भइरहेको उनले जानकारी दिए । राजदूत नियुक्ति ५० प्रतिशत परराष्ट्रभित्रबाट र ५० प्रतिशत परराष्ट्रबाहिरबाट गरिने भन्दै उनले नियुक्ति प्रक्रिया तत्काल टुंगिने बताएका छन् ।

बिज्ञापन

मन्त्री साउदले भने, ‘राजदूत नियुक्तिमा सरकारले परराष्ट्रभित्रबाट ५० प्रतिशत र परराष्ट्रबाहिरबाट ५० प्रतिशत गर्ने कार्यविधिको प्रावधान छ । सोही कार्यविधि अनुसार नियुक्त गर्ने सम्बन्धमा उच्च तहमा छलफल भइरहेको छ । यो प्रक्रिया तत्काल टुंगिनेछ भन्ने विश्वास दिलाउन चाहन्छु ।’

मन्त्री साउदले विदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धारका लागि र सहजीकरण गर्ने कामलाई नियोगहरुले उच्च प्राथमिकता राखेको बताए । विदेशमा रहेका नेपालीहरुको हक, हितको सुरक्षा गर्न र आवश्यक सहयोग उपलब्ध गराउन विदेशस्थित नेपाली नियोगहरूको भूमिकालाई थप प्रभावकारी बनाउन परराष्ट्र मन्त्रालय प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

मन्त्री साउदले नियोगहरुलाई साधन, स्रोत सम्पन्न बनाउँदै लैजाने पनि बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।