सुदूरपश्चिमका मुख्यमन्त्रीलाई रञ्जिताको पत्र- अन्तिममा रोकियो नाउपाका मन्त्रीको शपथ

कैलाली । नागरिक उन्मुक्ति पार्टी तत्काल सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नहुने भएको छ ।
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले मंगलबार मुख्यमन्त्री कमलबहादुर शाहलाई पत्रचार गर्दै पार्टीको केन्द्रको निर्णय र सहमतिअनुसार प्रदेश सरकारमा मन्त्रालयको भागबन्डा नमिलेकाले सहभागी नहुने जानकारी गराएकी छिन् ।

शपथ ग्रहणको लागि संसदीय दलका नेता घनश्याम चौधरीसहितका नेताहरू दिउँसो नै धनगढी पुगेका थिए । तर, केन्द्रीय अध्यक्षको निर्देशनपछि आज शपथ ग्रहण रोकिएको छ ।
हिजै नागरिक उन्मुक्ति बाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा कैलाश चौधरी सिफारिस गरेको थियो । तत्काल उनीहरूको सपथ रोकिएको हो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
