दुर्घटनाका घाइतेको उपचारका क्रममा निधन

अछाम, साउन १५ गते । मलामी सवार ट्याक्टर दुर्घटनामा घाइते हुनुभएका थप एक व्यक्तिको उपचारका क्रममा नेपालगन्जमा निधन भएको छ । दुर्घटनामा घाइते भएका पञ्चदेवल विनायक नगरपालिका–२ का शेरबहादुर विकको गए राति साढे १० बजेतिर निधन भएको स्थानीय कर्ण विश्वकर्माले जानकारी दिनुभयो ।
टाउकोलगायतका शरीरका विभिन्न भागमा चोट लागेका शेरबहादुरको नेपालगन्जस्थित नर्सिङहोममा उपचार भइरहेको थियो । पञ्चदेवल विनायक नगरपालिका –४ को कालिकास्थानमा साउन ७ गते ट्याक्टर दुर्घटनामा गम्भीर घाइते भएका शेरबहादुरको जिल्लामा उपचार असम्भव भएपछि सोही दिन रिफर गरिएको थियो ।

उक्त दुर्घटनामा एक जनाको घटनास्थलमै निधन र ३३ जना घाइते भएका थिए । सोही ट्याक्टरमा सवार पञ्चदेवल विनायक नगरपालिका –६ का दीर्घ विकको घटनास्थलमै निधन भएको थियो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
