कृषि

भारतले नेपालमा चामल निर्यात रोक नलगाउने 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । भारतले चामल निर्यातमा रोक लगाएको बारे कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले चासो व्यक्त गरेका छन् । यसअघि जस्तै भारतले चामल निर्यातलाई सहज सहज बनाउनुपर्ने उनले बताए ।   

काठमाडौं सिंहदरबारस्थित मन्त्रालयमा आज नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गर्दै कृषिमन्त्री भुसालले चासो व्यक्त गरेका हुन् । 

बिज्ञापन

‘विदेशमा चामल निर्यात गर्ने निर्णय नेपालको हकमा लागू हुँदैन । यसअघि पनि भारतले गहुँ निर्यातमा रोक लगाएको भएपनि नेपाललाई असर नगरेको र गत वर्ष पनि ३ लाख ५० हजार मेट्रिकटन गहुँ उपलब्ध गराएको थियो । अहिले पनि भारतले नेपाललाई आवश्यक चामल उपलब्ध गराउँन तयार रहेको छ’ भारतीय राजदूत श्रीवास्तवले कृषि मन्त्री भुसालसँग भने ।  

भारतले विदेशमा चामल निर्यातमा रोक लगाउँने निर्णय सार्वजनिक भएपछि नेपालमा चामलको भाउ बढेको बताउँदै मन्त्री भुसालले यसलाई सहज बनाउँन पहल गरिदिन राजदूत श्रीवास्तवसँग छलफल गरेका हुन् । 

यस्तै हालै भारत भ्रमणमा गएका मन्त्री भुसालले सो क्रममा भएको सहमति कार्यान्वयनको बारेमा समेत छलफल गरेका छन् । 

भ्रमणका क्रममा भारतले नेपालको सीमावर्ती क्षेत्रमा लम्पी स्किन रोग विरुद्धको खोप लगाउँने सहमति भएको थियो । भारतीय राजदूत श्रीवास्तवले नेपाल र भारतका कृषि मन्त्रीका बीचमा भएको सहमतिहरू कार्यान्वयन हुने जवाफ दिएका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।