सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढ्यो
बिज्ञापन
काठमाडौ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ । आइतबार सुनको भाउ प्रतितोलामा ३ सय रुपैयाँले बढेको हो ।
बिज्ञापन
यो सँगै प्रतितोला छापावाल सुनको भाउ १ लाख १२ हजार ५ सय रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत शुक्रबार सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार २ सय रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।
आइतबार चाँदीको भाउ भने स्थिर रहँदै तोलाको १ हजार ४२५ रुपैयाँ नै कायम भएको छ। गत शुक्रबार पनि भाउ स्थिर रहँदै चाँदी प्रतितोला १ हजार ४२५ रुपैयाँमा किनबेच भएको थियो।
बिज्ञापन