राष्ट्रिय समाचार

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खैरहनी नगरपालिका–११ का ३५ वर्षीय अनिल तामाङ छन् ।

खैरहनी नगरपालिका–१२ सहनपुरस्थित केरा घारीमा बाघको आक्रमणबाट आइतबार दिउँसो तामाङ मृत्यु भएको वडा नं १२ का वडाध्यक्ष केदार पन्तले जानकारी दिए।

बिज्ञापन

शव केराघारीबाट निकालिएको र पोष्टमार्टमका लागि भरतपुर पठाउने तयारी भइरहेको पन्तले बताए। बाघ बस्तीमा छिरेर मान्छे आक्रमण गरेपछि दिनभर गाउँमा त्रास फैलिएको थियो।

चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोली, नेपाली सेना र राष्ट्रिय प्राकृतिक संरक्षण कोषको प्राविधिक टोलीले बाघलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ। बाघ नियन्त्रणका लागि १५ वटा हात्ती परिचालन गरिएको छ।

बाघ शनिबारदेखिनै प्राविधिकको निगरानीमा रहेको भन्दै खोजी कार्य जारी रहेको र अहिलेसम्म फेला नपरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।