अवर्गीकृत

स्वीजरल्याण्ड पुगेका माधव नेपालले भने- नबिराउनु, नडराउनु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ललिता निवास प्रकरणमा आफूले कुनै बदमासी नगरेको प्रष्टीकरण दिएका छन् ।सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री समेत रहेका नेपाललाई पनि अनुसन्धानको दायरमा ल्याउन आदेश दिएकोबारे आफूले केही भन्नुपर्ने नरहेको उनको भनाइ छ ।

स्वीजरल्याण्ड पुगेका अध्यक्ष नेपालले भने, ‘नबिराउनु नडराउनु । मैले कुनै बिराएको छैन, बदमासी गरेको छैन, भ्रष्टाचार गरेको छैन । मैले नितान्त असल मनसायले बालुवाटार विस्तारको मास्टरप्लान अघि बढाउन पक्षमा गरेको हुँ । कुनै अनुचित काम गरेको छैन । कुनै व्यक्तिलाई उन्मुक्ति दिने होइन । छानबिन गर्ने, बदमासी गरेको छ भने दण्डित गर्ने ।’

बिज्ञापन

उनले आफूले कुनै अनुचित काम नगरेको भन्नेमा आफू पूर्ण विश्वस्त रहेको बताए ।

‘राष्ट्र र राष्ट्रिय सम्पत्तिका विरुद्धमा, भ्रष्टाचारको पक्षमा त्यसमा मुछिने कुनै काम गरेको छैन । त्यो भएकाले अदालतको निर्णयको बारेमा मैले केही भन्नु छैन’ अध्यक्ष नेपालको भनाइ छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।