राष्ट्रिय समाचार

खाँदबारी जेलमा कैदीबीच कुटाकुट, दुईजनाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

संखुवासभा । संखुवासभा सदरमुकाम खाँदबारी कारागारामा कैदीबन्दीबीच कुटाकुट हुँदा दुईजनाको मृत्यु भएको छ ।

संखुवासभा प्रहरी प्रमुख डीएसपी वीरेन्द्र गोदारका अनुसार आकाश बलामी र विनोद तोलांगीको मृत्यु भएको छ । आकाश चोरी र विनोद जबर्जस्ती करणी मुद्दामा सजाय भोगिरहेकाहरू हुन् ।

बिज्ञापन

कारागारको शौचालयको झ्याल काटेर भाग्न खोज्दा नियन्त्रणमा लिएर भित्रै राखिएको थियो । त्यसलगत्तै भित्र कुटाकुट गरेपछि दुईजनाको मृत्यु भएको प्रहरीको भनाइ छ ।

घटनाको थप अनुसन्धान भइरहेको डीएसपी गोदारले बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।