घटना

सर्लाहीमा पुलमुनि एक पुरुषको टाउको भेटियो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

जनकपुरधाम । सर्लाहीको हरिवन नगपालिका वडा नं. ४, स्थित लखन्देखी पुलमुनि शरिरबाट छुट्टिएको अवस्थामा एक पुरुषको टाउको फेला परेको छ ।

सर्लाहीको पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पुल मुनि बिहीबार बिहान करिब साढे ७ बजे स्थानीयले घाँटीबाट छिनाएको टाउको देखेपछि प्रहरीमा खबर गरेका थिए । पुरुषको अहिले सनाखत हुन नसकेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपेन्द्र पन्जियार थारुले जानकारी दिए ।

बिज्ञापन

उनका अनुसार घटनास्थलको अवस्था हेर्दा युवकको हत्या भएको जस्तो देखिन्छ । पुरुषको सोही स्थानमा हत्या भएको अथवा अन्य ठाउँमा हत्या भएको र बाढीले टाउको बगेर आएको खुल्न सकेको छैन । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रवक्ता थारुले बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।