राष्ट्रिय समाचार

उपेन्द्रलाई कारबाही गर्न नहुने दलहरूको निष्कर्ष

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । सत्ता गठबन्धनका नेताहरुबीच गौर हत्याकाण्डमा थप छानबिन र कारबाही नहुने समझदारी भएको छ । सोमबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा घटनाका पीडितहरूले क्षतिपूर्ति पाइसकेकाले अब यो विषय थप अगाडि बढाउनु उचित नहुने समझदारी भएको हो ।

बैठकपछि एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले घटनाका पीडितहरूले क्षतिपूर्ति पाइसकेकाले अब यो विषय थप अगाडि बढाउनु उचित नहुने समझदारी भएको बताए । गौर हत्याका मुख्य आरोपी तथा जसपाका अध्यक्ष उपेन्द्र यादव छन् ।

बिज्ञापन

केहि दिनअघि सरकारले गौर हत्याकाण्डको छानविन गर्ने र दोषीलाई कारबाही गरिने पीडित पक्षसँग सहमति गरेको थियो । तर, त्यसको भोलिपल्टै उपेन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर असन्तुष्टि जनाएका थिए ।

उनले सरकारमै रहेका बेला आफुमाथि छानविन भए सरकारबाटै बाहिरिनेसमेत चेतावनी दिइसकेका छन् । हिजोको बैठकमा पनि जसपाले सरकार र संघर्ष समितिबीच भएको सम्झौतामा आपत्ति जनाएकाे थियाे । त्यसपछि शीर्ष नेताहरुबीच उक्त घटनालाई लिएर यादवमाथि कारबाही हुन नहुनेमा एकमत भएको बताइन्छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।