सुदूरपश्चिम प्रदेश

करेन्ट लागेर कञ्चनपुरमा एक जनाको मृत्यु, क्षतिपूर्तिको माग गर्दै पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली । कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

बुधवार साँझ करेन्ट लागेर भीमदत्त नगरपालिका १० का ३६ वर्षीय दिनेश वडको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।

बिज्ञापन

पसलमा सामान खरिद गर्न पुगेका वड नजिकै टांगिएको तारबाट करेन्ट लागेर मृत्यु भएको हो । हिजो साँझ करिब ७ बजे करेन्ट लागेको थियो ।

करेन्ट लागे लगत्तै उनलाई महाकाली प्रादेशिक अस्पताल लगिएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरेको हो।

विद्युत् प्राधिकरणको लापरबाहीका कारण करेन्ट लागेको भन्दै मृतकका आफन्त तथा स्थानीय आन्दोलित भएका छन् । यस्तो लापरबाही गर्ने कर्मचारीलाई कारबाही तथा मृतकको परिवारलाई क्षतिपूर्तिको माग राखेका छन् ।

अहिले पूर्व पश्चिम राजमार्ग अन्तर्गत भीमदत्त नगरपालिका ५ सुखासालमा सडक अवरुद्ध गरिएको छ ।

मृतकका आफन्तले क्षतिपूर्ति नपाउँदा सम्म शव नबुझ्ने बताएका छन् । शव अहिले महाकाली अस्पतालमै राखिएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।