दुई छोरीलाई बलात्कार गर्ने बुबालाई ७०२ वर्ष कैद सजाय

क्वालालम्पुर । मलेसियाको जोहोर राज्यको मुआर क्षेत्रमा दुई नाबालिग छोरीहरूलाई ३० पटक बलात्कार गर्ने बुबालाई ७०२ वर्ष कैद सजाय हुने भएको छ ।
त्यहाँको अदालतले बलात्कार तथा यौन हिंसा गर्ने बाबुलाई ७०२ वर्ष कैद र २३४ कोर्रा हान्ने सजाय सुनाएको छ । जेठी छोरी गर्भवती भएपछि बुबाबाटै छोरीहरू बलात्कृत हुँदै आएको खुलेको हो ।

साउथ चाइना मर्निङ पोस्टले जनाए अनुसार ५३ वर्षीय बुबाले सन् २०१८ देखि २०२३ सम्ममा दुई बालिका छोरीलाई ३० पटक बलात्कार गरेको स्वीकार गरेका छन् ।
सजाय पाएका व्यक्ति सरसफाइ कर्मचारी हुन् । उनका दुई फरक श्रीमतीबाट छोरीहरू छन्, जससँग उनको वर्षौँदेखि अवैध सम्बन्ध थियो।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
