घटना

कञ्चनपुर कुटपिट प्रकरण- युवा संघका दुई केन्द्रीय सदस्यसहित चारजना साधारण सदस्यताबाटै निष्कासित

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले कञ्चनपुर घटनाका दोषी दुई केन्द्रीय सदस्यसहित चारजनालाई कारबाही गरेको छ ।

गत २७ साउनमा संघको दशौं कञ्चनपुर जिल्ला अधिवेशनमा अनुशासनविपरीत काम गरेको अभियोगमा केन्द्रीय सदस्यहरु केशव चन्द, रोहितजंग कुँवर, केन्द्रीय लेखा आयोगका सचिव प्रविन बोगटी र नवीन चन्दलाई कारबाही गरिएको संघका प्रवक्ता निरोज पौडेलले बताए ।

बिज्ञापन

अधिवेशनमा संघका निर्वाचन आयोग प्रमुख बलराम बेल्वासेमाथि हातपात गर्नुका साथै भिमदत्त–१८ का वडाध्यक्ष तथा एमाले जिल्ला सदस्य रवीन्द्र देवकोटामाथि ज्यान मार्ने अभिप्रायका साथ सांघातिक आक्रमणमा उनीहरु संलग्न रहेको पुष्टि भएको पनि पौडेलले जानकारी दिए ।

घटनाका विषयमा उनीहरुलाई स्पष्टीकरण सोधिएकोमा जवाफ चित्तबुझ्दो नभएको, भौतिक आक्रमणमा संलग्न देखिएको र एमाले केन्द्रीय कार्यादलले निकालेको निष्कर्षका आधारमा साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको महासचिव सुमन पुरीले विज्ञप्तिमार्फत जनाएका छन् ।

छानबिनका लागि एमालेको केन्द्रीय सचिवालय बैठकले उपाध्यक्ष युवराज ज्ञवालीको संयोजकत्वमा कार्यदल बनाएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।