राष्ट्रिय समाचार

आरजुको नाम आएपछि रन्किए देउवा, गृहमन्त्री श्रेष्ठको यसरी लिए सात्तो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितलाई पत्नी आरजु देउवाको नाम समेत कबोल गर्न लगाएको प्रसङ्ग उठेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सर्वदलीय बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग जङ्गिएका छन्।

प्रतिनिधि सभाको अबरोध खुलाउने विषयमा राष्ट्रिय मान्यताप्राप्त दलहरूको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका अगाडि नै देउवाले श्रेष्ठको सात्तो खाएका हुन्।

बिज्ञापन

उच्च स्रोतका अनुसार उपत्यका प्रहरी कार्यालयमा राती अभियुक्तलाई डाकेर जबरजस्ती पत्नी आरजु राणा देउवाको नाम बक्न लगाएको, बालकृष्ण खाँणलाई झुठो बयानका आधारमा नै पक्राउ गरी राखिएको विषय निकाल्दै देउवा रन्किएका थिए।

यति मात्र नभई ६० किलो सुन तस्करी प्रकरणमा पनि श्रेष्ठलाई देउवाले नमज्जाले हप्काएको स्रोतले जनाएको छ। एमालेसँग नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजुको नाम बकाउन लगाएको अडिओ रहेको विषय आएपछि देउवा झनै रिसाएका थिए। साथमा सुन प्रकरणमा श्रेष्ठको जानकारीबिना केही पनि सम्भव नहुने भन्दै उनी झोंक्किएको बताइन्छ।

सुन तस्करी प्रकरणमा अर्थमन्त्री डा. प्रकाशशरण महतको जिम्मेवारी रहेको भनी आवाज उठिरहेका बेला देउवाले यसमा गृहमन्त्री श्रेष्ठ दोषी रहेको बताएका थिए। उनले भने,‘तपाईको जानकारीबिना केही हुन्छ? कसरी हुन्छ?’ सुन प्रकरणमा निरन्तर माओवादी नेताको संलग्नता जोडिन थालेपछि देउवा झोंक्किएका थिए। ‘कृष्णबहादुर महरालगायतका माओवादी नेतालाई नथुन्ने, कांग्रेस नेताचाहिँ छानी छानी थुन्ने?’, देउवाको प्रश्न उदृत गर्दै स्रोतले भन्यो,‘यस्तो हुँदैन, उच्चस्तरीय समिति बनाउने भए बनाऔं।’

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।