घटना

दार्चुलामा शरीरमा मट्टीतेल छर्केर आत्मदाहकाे प्रयास गरेकी महिलाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी । दार्चुलामा शरीरमा मट्टीतेल छर्केर आगाे लगाएर आत्मदाहकाे प्रयास गरेकी महिलाको मृत्यु भएकाे छ ।

आइतबार घरमा काेही नभएकाे बेला शरीरमा आगाे लगाएकी  शैल्यशिखर नगरपालिका-५ सेतकलाकी ४५ वर्षीया सुना साउँदको मृत्यु भएकाे प्रहरीले जनाएको छ ।

बिज्ञापन

दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेले गोकुलेश्वर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी ल्याउने क्रममा बाटाेमै उनकाे मृत्यु भएकाे बताए ।

पाण्डेकाअनुसार बैतडीकाे पाटन पुग्ने बेला साउँदको मृत्यु भएको थियाे । घरमा कोहि नभएको बेला शरीरमा मट्टीतेल छर्केर आत्मदाहको प्रयास गरेकी साउँदकाे ८० प्रतिशत शरीर जलिसकेकाे डीएसपी पाण्डेले बताए ।

प्रहरीकाअनुसार घरमा श्रीमान श्रीमती बस्ने गरेकाेमा श्रीमान बजारतिर गएका बेला उनले आगाे लगाएकी थिइन् । आगो लगाउनुको कारण भने खुलेकाे छैन ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।