पाकिस्तानसँग नेपाल २३८ रनले पराजित
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत पाकिस्तानसँगको खेलमा नेपाल २३८ रनले पराजित भएको छ ।
लोक कल्याणकारी विज्ञापन

३४३ रनको लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा एक सय ४ रनमा अलआउट भएको हो ।
लोक कल्याणकारी विज्ञापन

पाकिस्तानका सदाब खानले ४ तथा शाहिन शाह अफ्रिदी र ह्यारिस रौफले २/२ विकेट लिए । नसिम शाह र मोहम्मद नवाजले एक एक हात पारे ।
बिज्ञापन

नेपालका सोमपाल कामीले २८ र आरिफ शेखले २७ रन बनाउन सके । यी दुईले चौथो विकेटका लागि ५९ रनको साझेदारी गरेका थिए । नेपालले ७२ रन जोड्दा ह्यारिस रौफले आरिफलाई आउट गर्दै उक्त साझेदारी तोडे । त्यसपछि रौफकै बलमा सोमपाल आउट भए ।
नेपालले १४ रनमै ३ विकेट गुमाएको थियो । कुशल भुर्तेल ८ र आसिफ शेख ५ रनमा आउट भए भने कप्तान रोहित पौडेलले खाता खोल्न सकेनन् । गुल्सन झाले १३ रन बनाए भने सन्दीप लामिछानेले खाता खोल्न सकेनन् ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

