चीनले लिपुलेकलाई भारतको नक्सामा देखाएपछि बालेन आक्रोशित, चीन भ्रमण नजाने घोषणा

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले चीन भ्रमणमा नजाने घोषणा गरेका छन् । शाहलाई चीनले पाँच दिने भ्रमणका लागि बोलाएको थियो ।
पर्यटन प्रवद्र्धन तथा संस्कृति आदानप्रदानका लागि बिहीबार दिउँसो उनी बेइजिङ उड्ने तय भएको थियो ।

तर नेपालको लिम्पियाधुरा र लिपुलेकसहितका भूभाग चीनले भारतको नक्सामा देखाएपछि उनले चीन भ्रमणमा नजाने निर्णय गरेका हुन् । केही दिनअघि मात्रै चीनको प्राकृतिक स्रोत मन्त्रालयले नयाँ नक्सा प्रकाशित गरेको थियो ।
उक्त नक्सामा लिम्पियाधुरा र लिपुलेकलाई भारतको भूभागका रुपमा देखाइएको थियो । नेपाल सरकारले २०७७, जेठ ७ मा लिम्पियाधुरा र लिपुलेकसहितको भूभाग समेटेर नक्सा जारी गरेको थियो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
