८ वर्षपछि सर्वसाधारणका लागि खुल्यो तातोपानी नाका
लोक कल्याणकारी विज्ञापन

काठमाडौँ । लामो समय आवागमन बन्द रहेको तातोपानी नाका आजबाट खुल्ने भएको छ ।
लोक कल्याणकारी विज्ञापन

चीनसँगको उत्तरी सीमानाका तातोपानी नाकामा आजदेखि स्थानीयको आवतजावतका लागि खुल्ने भएको हो ।
लोक कल्याणकारी विज्ञापन

गत मङ्गलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको थियो ।
बिज्ञापन

२०७२ सालको भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकोमा तीन महिनाअघिदेखि मालवाहक सवारीको आवतजावत खुलेको थियो ।
प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेका अनुसार सिन्धुपाल्चोकका स्थानीयले आवतजावतका लागि एक वर्ष अवधि रहेको पास पाउनेछन् ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

