घटना

जुम्लामा जिप दुर्घटनामा चालक र सहचालकको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

जुम्ला, भदौ १७ गते । जुम्लामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार नाग्म गमगडि राजमार्गको कनकासुन्दरी ४ स्थित ठगुनेरामा जिप दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी उमेश चन्दका अनुसार भे १ ज १०९९ नम्बरको जिप दुर्घटना भएको छ । दुर्घटनामा अन्य यात्रु नभएको, चालक र सहचालकको घटना स्थलमा ज्यान गएको छ । उनीहरूको नाम र पहिचान हुन सकेको छैन । 

बिज्ञापन

उहाँका अनुसार घटनाको बिस्तृत विवरणका लागि प्रहरी हवलदार रमेशबहादुर रावलको नेतृत्वमा १२ जना प्रहरी घटनास्थलमा पुगेका छन् । घटनाको बिस्तृत विवरण भने आउन बाँकी रहेको छ । प्रहरीका अनुसार अन्दाजी सडकबाट जिप ३ सय मिटर तल खसेको थियो ।   

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।