बालोन डीअर अवार्डका लागि ३० खेलाडी सर्टलिस्ट, रोनाल्डो परेनन्

काठमाडौं। विश्व फुटबलको प्रतिष्ठित खेलाडी अवार्ड बालोन डीअरका लागि ३० जना खेलाडीलाई सर्टलिस्ट गरिएको छ। उक्त सूचीमा हाल साउदी अरबमा व्यवसायिक फुटबल खेलिरहेका पाँचपटकका पूर्व विजेता क्रिस्टियानो रोनाल्डो भने अटाएका छैनन्।
उनी गत सिजन इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड छाडेर अल नासरमा आबद्ध भएका थिए। ३० खेलाडीको सूचीमा लियोनल मेस्सी, केलियन एमबाप्पे, एर्लिङ हालान्डलगायत खेलाडी छन्। हरेक वर्ष एक खेलाडीलाई बालोन डीअर प्रदान हुँदै आएको छ।

मेस्सीले यो अवार्ड ७ पटक जितेका छन्। हालान्ड र मेस्सी यसपटक दावेदार देखिएका छन्। हालान्डले गत सिजन म्यानचेस्टर सिटीलाई युरोपियन च्याम्पियन्स लिग र प्रिमियर लिगसहित ३ वटा प्रतियोगिताको उपाधि जिताएका थिए। मेस्सीले भने गत वर्ष विश्वकप जितेका थिए।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
