आस्था /आध्यात्म

थारु समुदायको अष्टिम्की आज चेलीबेटीलाई अग्रासन दिँदै सकिने 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः थारु समुदायको अष्टिम्की आज चेलीबेटीलाई अग्रासन दिँदै सकिदै छ। थारु समुदायले बुधवार अष्टिम्की पर्व हर्षोल्लासका साथ मनाएका छन्।

ब्रतालु महिला तथा युवतीहरू साँझपख घरको भित्ता वा सामुदायिक भवनमा कोरिएको विभिन्न पौराणिक चित्रमा टिक्ने अर्थात पूजा गर्ने गर्दछन्। टिक्ने काम सम्पन्न भएपछि लगिएका फलफूलहरू आपसमा बाँधेर खाने प्रचलन रहेको छ।

बिज्ञापन

पृथक मौलिक चालचलन तथा संस्कृति बोकेको आदिवासी थारु समुदायमा भदौ २० र २१ गते अष्टिम्कि पर्व मनाउदैँ छन्। भदौ २० गते दिनभरी ब्रत बसेका थिए भने आज विहीबवार विहान अघिल्लो दिनको पूजा सामग्रीहरू नजिकको नदी, तलाउमा सेलाउँछन्।

तत्पश्चात नुहाइ घरमा फर्केपछि तयार पारिएका परिकार कोशेलीको रुपमा आफ्ना चेलीबेटीहरूलाई अग्रासन दिन जाने प्रचलन रहिआएको छ। सुर्खेतदेखि पश्चिम कैलाली र कञ्चनपुर जिल्लासम्म बासोबास गर्दै आएका थारु समुदायले बुधबार र आज (बिहीवार) अष्टिम्की पर्व हर्षोल्लासपूर्वक मनाएका छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।