२६ लाख नगदसहित नेपालगञ्ज विमानस्थलबाट सरकारी कर्मचारी पक्राउ
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । नेपालगञ्ज विमानस्थलबाट श्रोत नखुलेको २६ लाख नगदसहित एकजना सरकारी कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपालगञ्जबाट काठमाडौं आउन लागेका आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटालाई उक्त नगदसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिए।
बिज्ञापन

उनका अनुसार अहिले अनुसन्धान जारी रहेको छ। विमानस्थलमा सुरक्षा जाँचका क्रममा सापकोटाको झोलामा ठूलोमात्रामा नगद फेला परेपछि नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
