राष्ट्रिय समाचार

२६ लाख नगदसहित नेपालगञ्ज विमानस्थलबाट सरकारी कर्मचारी पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेपालगञ्ज विमानस्थलबाट श्रोत नखुलेको २६ लाख नगदसहित एकजना सरकारी कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

लोक कल्याणकारी विज्ञापन

नेपालगञ्जबाट काठमाडौं आउन लागेका आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटालाई उक्त नगदसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिए।

लोक कल्याणकारी विज्ञापन

उनका अनुसार अहिले अनुसन्धान जारी रहेको छ। विमानस्थलमा सुरक्षा जाँचका क्रममा सापकोटाको झोलामा ठूलोमात्रामा नगद फेला परेपछि नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।

बिज्ञापन

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन