स्वास्थ तथा सरसफाइ

कैलालीमा ३६ दिने सह–योग शिक्षक तालिम शुरु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad



जगत कुमारी जैशी
टीकापुर २६ भदौ

कैलाली जिल्लाको टीकापुर नगरपालिका वडा नं. १ मालिका टोल स्थित टेकबहादुर साउँद स्मृति प्रतिष्ठानको सभाहलमा ३६ दिने (११० घण्टा) सह–योग शिक्षक तालिम शुरु भएको छ ।
पतञ्जली योग नगरसमिती टीकापुरको आयोजनामा शुरुभएको तालिममा विभिन्न क्षेत्रमा क्रियाशिल व्यक्तित्वहरुको सहभागिता रहेको छ । पतञ्जली योग नगर समिती टीकापुरका अध्यक्ष छबिलाल जैशीको सभाध्यक्षमा भएको उद्दघाटन कार्यक्रममा पतञ्जली योग समिती कैलाली (महिला समिती अध्यक्ष) शोभा शर्मा ज्ञवाली प्रमुख अतिथि रहनुभएको थियो भने टेक बहादुर साउँद स्मृति प्रतिष्ठानका अध्यक्ष जंगबहादुर साउँद विशिष्ट अतिथि रहनुभएको थियो ।

बिज्ञापन

पतञ्जली योग नगरसमिती टीकापुरका कोषाध्यक्ष उपेन्द्र प्रसाद खनालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन नगर समितीका महामन्त्रि ज्ञानु पौडेलले गर्नुभएको थियो । कार्यक्रममा पञ्जली योग समिती नेपालबाट प्रशिक्षक प्रशिक्षण प्राप्त प्रशिक्षण विभागमा रहनुभएका प्रशिक्षकहरुले ३६ दिने तालिम सञ्चालन गर्नुहुने पतञ्जली योग नगर समितीका अध्यक्ष छबिलाल जैशीले जानकारी दिनुभयो । पतञ्जली योग नगरसमिती टीकापुरले नगर क्षेत्रका विभिन्न स्थानमा योग प्रशिक्षण केन्द्रहरु सञ्चालन गर्दै आएको छ ।

निशुल्क रुपमा मानविय सेवामा समर्पित भएर आफ्नो र समुदायका मानिसहरुको स्वास्थ्य लाभको लागि गरिने योग अभ्यासले समाजलाई समेत एकआपसमा जोड्ने काम गरिरहेको कार्यक्रमका प्रमुख अतिथि शोभा शर्मा ज्ञवालीले बताउनुभयो । मानिसहरुमा उत्पन्न हुने विभिन्न खालका दुर्भावनाहरुलाई हटाएर सकारात्मकताको विकास गर्दै एक सबल, सक्षम र सफल मानिस बनाउनको लागि पनि योग अपरिहार्य रहेको ज्ञवालीको भनाई थियो । कार्यक्रममा पतञ्जली योग समिती कैलालीका मन्त्री सर्वनन्द चपाई, जिल्ला सदस्य शालिकग्राम शर्मा, मुक्तिनाथ रेग्मी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

तालिम २०८० भदौ २५ गते सोमबार शुरु भएको तालिम २०८० असोज २९ गते सोमबार समापन हुने जनाइएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।