राष्ट्रिय समाचार

सन्दीपविरुद्धको मुद्दामा सुनुवाइ आज पनि स्थगित

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज (सोमबार) पनि स्थगित भएको छ ।

नाबालिका बलात्कारको आरोप लागेका लामिछानेविरुद्धको मुद्दा काठमाडौं जिल्ला अदालतमा अन्तिम सुनुवाईका लागि तोकिएको पेसी स्थगित भएको हो ।

बिज्ञापन

जिल्ला अदालत काठमाडौंका केही न्यायाधीश बढुवा भएर जान लागेको, केहीको सरुवा भएको र केही तीजको कारण विदामा रहेकाले सुनुवाइ स्थगित भएको जनाइएको छ । उक्त मुद्दा पटक पटक पेसी तोकिएपनि सुनुवाइ हुन सकेको छैन ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।