घटना

चिर्पट प्रहार गरी बुवाको हत्या गर्ने व्यक्ति पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कपिलवस्तु । कपिलवस्तुमा चिर्पट प्रहार गरी एक जनाको हत्या भएको छ ।

वाणगंगा नगरपालिका-८ पुलचोक बस्ने २६ वर्षीय बिकाश परियारललाई आफ्नै बुवा ६० वर्षीय बल बहादुर परियारको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

बिज्ञापन

घरायसी विवादको क्रममा बिकाशले चिर्पटले प्रहार गर्दा बलबहादुर गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

बलबहादुरको सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।